Monday, June 15News That Matters

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

पूर्णपुष्टि, असोज ७ गते ।
मोरङको रंगेली नगरपालिका–७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका–४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका छन् ।

बुधबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को.३१ प ४४१४ नम्वरको मोटरसाईकल संका लागि चेकजाँच गर्ने क्रममा पछाडि सवार रहेका अमित कुमार दाशको साथबाट ३६ ग्राम ७.५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
ब्राउन सुगर बरामद भए संगै दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।