
पूर्णपुष्टि, असोज ६
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले बजारको व्यस्त तथा मुख्य सडकहरुमा जेब्रा क्रसिङ निर्माण थालेको छ । बढ्दो बजारीकरण सँगै भिँडभाँड र सडक दुर्घटनालाई ख्याल गर्दै व्यस्त सडकहरुमा जेव्रा क्रसिङ निर्माण गरिएको संघका अध्यक्ष रमेश रसाईलीले जनाउनुभयो ।

अध्यक्ष रसाईलीका अनुसार असारी लाईनमा ठुलो हाईवे र व्यपारीहरुको अत्यादिक संख्याका कारण पैदल यात्रुहरुलाई सहज बनाउन तथा सवारीहरुलाई सचेत गराउन त्यस क्षेत्रमा जेब्रा क्रसिङ निर्माण थालिएको जनाउनुभयो । महत्वपूर्ण ठाउँ र व्यापारिहरुका आवश्यक अनुरुप जेब्रा क्रसिङ निर्माण गर्दै जाने अध्यक्षको भनाई छ ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरको सहकार्यमा सो काम गरिएको अध्यक्ष रसाईलीले जनाउनुभयो । यस कार्यले निश्चित स्थानबाट यात्रुहरुलाई बाटो काट्न मदद्त गर्दै दुर्घटनालाई नियन्त्रणमा सहज गराउन मदत पुग्ने व्यवसायी तथा आम जनताको बुझाई छ ।
