Monday, June 15News That Matters

निर्माणाधीन घरको दुई तलाबाट खस्दा मजदुरको मृत्यु

पूर्णपुष्टि, असोज ६ गते ।
विराटनगर महानगरपालिका–७ मा निर्माणाधीन घरबाट खसेर एक जना मजदुरको ज्यान गएको छ । मुकेश पोठारीको निर्माणाधीन घरको दुई तलामाथिबाट खसेर घाइते भएका मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियारको ज्यान गएको हो ।
पञ्जियार काठको काम गर्ने क्रममा गत सोमबार निर्माणाधीन घरको माथिबाट खसेर घाइते भएका प्रहरीले जनाएको छ । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजेतिर उनको मृत्यु भएको थियो ।
कोसी अस्पतालमा पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि शव परिवारलाई जिम्मा लगाइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।