Saturday, June 13News That Matters

ईटहरीबाट नेटवर्किङ ठगीको अभियोगमा ६ जना पक्राउ

पूर्णपुष्टि, असोज ६ गते ।
नेटवर्किङ ठगीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ६ जनालाई पक्राउ गरेको छ । ईटहरी–९ मा ग्लोबल ओरियनस नेपाल प्राइभेट लिमिटेड नामक कार्यालय सञ्चालन गरी हप्तामा १०–१२ हजार सम्म कमाई हुने भनि सर्वसाधरणलाई दस्तुर लिई सदस्य बनाई ठगी भईरहेको थियो । प्रलोभनमा पारी सर्वसाधारणलाई ठगी गरिरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईहरीबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संग्लग्न ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका– १ की ससिता राई, सुन्दरहरैचा – ७ बस्ने संजिव माझी ,ग्रामथान –३ का विक्रम माझि, कटहरी– ६ का पंकज कुमार साह, अरुण मुडयारी र विर्तामोड – १० का पदम राई रहेका छन् ।
निजहरुको अफिसबाट प्रहरीले कम्प्युटर, ल्यापटप, मोबाईलफोन, बिभिन्न ब्यक्तिको फोटो, नागरीकतासहितको सम्झौतापत्र, ग्लोबल ओरियनस नेपाल लेखेको टिकट, बिल, छाप, मेडल, प्रमाण पत्र, ईजाजत पत्र, व्यवसायी दर्ता प्रमाण पत्रलगाएतका सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
दार्जलि, दुवै, सिङ्गापुर, व्याङकोक टुर अचिभर लेखेको विभिन्न व्यानरहरु, ग्लोबल आईएमईको फ्रेम गरेको चेक ३ थान, ओआरई फ्लोर क्लिनर, स्किनभिटा, ह्यार स्टाईल, टुलसि ड्रप्स, ओइन्टर चेरीलगायतका सामानहरू समेत भेटिएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा नेटवर्किङ ठगी सम्बन्धी मुद्धा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।