Saturday, June 13News That Matters

विराटनगर बजार अनुगमन : खसी भनी बाख्राको मासु विक्रि

पूर्णपुष्टि, असोज ६ गते ।
विराटनगर महानगरपालिकाले बजार अनुगमनको क्रममा खसीको भन्दै बाख्राको मासु बेचेको भेटेको छ । विराटनगरको पुरानो गुद्री बजारमा रहेका मासु पसलमा बाख्राको मासु भेटेपछि महानगरले जफत गरेको हो ।
महानगरले पुरानो गुद्रीमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्नेक्रममा बाख्राको मासु फेला पारेको थियो । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै, कम तौलको ढक तराजु समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । कतिपय पसलले नविकरण समेत नगरेको पाइएकाले तत्कालै दर्ता गर्न निर्देशन दिइएको छ । केही हप्तादेखि खाद्यन्न, औषधि, कपडा, फलफूललगायतका पसलमा अनुगमन गरेको महानगरले बुधवार माछा–मासु पसलको अनुगमन गरेको छ ।