Wednesday, June 10News That Matters

मापसे सेवन गरि ३ जनामाथि एसिड प्रहार गर्ने २२ लिटर एसिडसहित पक्राउ

पूर्णपुष्टि, साउन ३१ गते ।
मादक पदार्थ सेवन गरि तीन जना नातेदारमाथि एसिड प्रहार गरेको अभियोगमा सल्यानका एक जना पक्राउ परेको छ । जिल्लाको चुम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
रावतले मादक पदार्थ सेवन (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिव २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।