
पूर्णपुष्टि, साउन ३१
उदयपुरमा लागुऔषध गाजाँसहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालीका–६ पुल चोकबेल्टार बस्ने ५४ बर्षीय मंगल बहादुर बिश्वकर्मा रहेका छन् ।
सोमबार बेलुका ५ बजेको समयमा बिश्वकर्माको घरमा लागुऔषध गाँजा राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँच गर्दा अं २.५ (अढाई के.जी ) गाँजा बरामद भएको छ । पक्राउ परेका बिश्कर्माको जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए ।
