Thursday, June 11News That Matters

उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

पूर्णपुष्टि, साउन ३१
उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–११ पिजीचोक बस्ने २१ बर्षीय लक्ष्णम मलाहा र सोहि स्थानका २० बर्षीय निशान राई रहेका छन् ।सोमबार रातीको ८:३० बजेको समयमा मलाहाको घरमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र नगर प्रहरी कार्यालय त्रियुगाबाट खटिएको बिषेश प्रहरीको टोलीले दुबै जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनिहरुको साथबाट फेनारगण ४९ एम्पुल,डाजोपाम ४८ एम्पुल र बुप्रिनोर्फिन २८ एम्पुल गरी जम्मा १२५एम्पुल र ८ थान सिरिन्ज बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए । पक्राउ परेका दुबै जनाको जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको थापाले बताए।