Thursday, May 14News That Matters

मेयर साम्पाङद्धारा खानेपानीका लागि सरकारसँग बजेट माग, आवश्यक बजेट सहयोग गर्ने आश्वासन

पूर्णपुष्टि, साउन ३१
धरान उपमाहानगरपालिकाका मेयर हर्क साम्पाङ राई हाल काठमाण्डौँमा पुगेका छन् । मेयर साम्पाङ राई धरानका बिभिन्न बिकासका लागि सरकार सँग आवश्यक बजेटको माग गर्न काठमाण्डौँ पुगेका हन् । उनि काठमाण्डौँ गएदेखि सरकारमा रहेका बिभागीय मन्त्रीहरु सँग भेटवार्तामा व्यस्त छन् । राईले बिषेशगरी धरानमा अत्यावश्यक रहेको खानेपानीको बारेमा बजेट छुटाउन आह्वान गर्दै अर्थमन्त्री जनार्दन शर्मासँग मंगलबार भेट गरेको छ ।

उनले धरानमा खानेपानी ३० बर्षदेखीको समस्या रहेको जानकारी गराउँदै यसका लागि मन्त्रालयले आवश्यक बजेट छुटाउनु पर्ने माग मन्त्री शर्मा सँग राखेका हुन् । खानेपानी लगायत मानिसको जिवनमा आवश्यक कुराहरु शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सरकार सँग बजेटको माग गरेको छ । उनले धरानलाई पूर्वको शैक्षिक हव र स्वास्थय क्षेत्रको ठुलो आसाको केन्द्र रहेको धरानका बिपि कोईराला हस्पिटल सुधारका लागि पनि आवश्यक वजेटको माग राख्ने जनाए ।

अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताए । आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने आश्वासन मन्त्री शर्माले दिए । अर्थमन्त्री शर्माले खानेपानीको समस्या समाधान गर्न मेयर साम्पाङ र उनको टिमले गरेको जनपरिचालनको प्रशंसा समेत गरेका थिए ।