
पूर्णपुष्टि,फागुन १५ । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले क्लब करियरमा ७०० औं गोल पुरा गरेका छन् । लिग वानको शिर्ष स्थानमा रहेको पिएसजीले मार्सेलाई आईतबार राति भएको खेलमा ३–० गोलले पराजित गेको हो ।
सो खेलमा पिएसजीको लागी एम्बाप्पेले दुई गोल गरे भने मस्सीले एक गोल गरे । खेलको २५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई आग्रता दिलाए भने २९ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीको आग्रता दोब्बर बनाए र क्लब करियरको ७०० औं गोल समेत पुरा गरे । त्यस्तै खेलको ५५ औं मिनेटमा एम्बाप्पेले दोस्रो र पिएसजीका लागी तेस्रो गोल गर्दै सहज जित निकालेको हो ।
एमबाप्पेले पीएसजीका लागि सर्वाधिक २०० गोल गर्ने डिनसन कभानीको कीर्तिमान पनि बराबरी गरे । यस जितपछि पीएसजीले मार्समाथि ८ अंकको अग्रता समेत बनाएको छ । मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७०० गोल पूरा गर्ने खेलाडी बने । मेसीले पीएसजीका लागि २८औं गोल गर्दै उक्त उपलब्धि हासिल गरेका हुन् । उनले २०२१ मा फ्रेन्च क्लब जानुअघि बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए । यस्तै सोमबार हुने फिफा दी बेस्ट अवार्डमा समेत मेसी दाबेदारको रुपमा छन् ।
