
पूर्णपुष्टि, फागुन १५ । गाईघाट ।
जिल्ला ब्याडमिन्टन संघ उदयपुरकाे आयाेजना तथा त्रियुगा नगरपालिकाकाे सहयाेगमा आयाेजित जिल्लास्तरीय मेयरकप ब्याडमिन्टन प्रतियाेगिताकाे उद्घाटन उपमेयर महेश्वरी राईले आज गरिन् ।



भाेलीसम्म सञ्चालन हुने प्रतियाेगितामा जिल्लाका विभिन्न पालिका र सप्तरी, सिरहा जिल्लासमेतका खेलाडि प्रतियाेगि छन् । मेन्स डबल्स (एडिभिजन), मेन्स डबल्स (बिडिभिजन) र उमन डबल्स गरि तीन विधामा प्रतियाेगिता रहेकाे छ । मेन्स डबल्स (एडिभिजन) मा १२, मेन्स डबल्स (बिडिभिजन) मा ५३ र उमन डबल्समा ८ टिमले सहभागिता जनाएका छन् ।
संघकाे अध्यक्ष राजेश कार्कीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा जिल्ला न्यायधिस नवराज दुलाल, सहायक प्रमुख जिल्ला अधिकारी विनाेद पाेखरेल, सशस्त्र प्रहरी उपरिक्षक अशाेककुमार साक्य, ९ नं. वडाध्यक्ष राजकुमार दनुवार लगायतकाे आतिथ्य रहेकाे थियाे ।
पहिलाे चरणकाे सबै खेल आज पूरा गरि भाेली फाईनलसम्मकाे खेल सञ्चालन गर्ने आयाेजक संघका काेषाध्यक्ष सुवास भट्टराईले बताए ।
