Monday, April 20News That Matters

माल्टा पठाउने बाहानामा पैसा ठगी गर्ने पक्राउ

पूर्णपुष्टि, १५ असार ।
माल्टा पठाइदिन्छु भन्‍दै रकम ठगीको आरोपमा एकज जनालाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका(३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका(३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् । लिम्वुले ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले पक्रा गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।