
पूर्णपुष्टि,असार १५ । उदयपुरमा “जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि” नाराका साथ आज २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँएको छ । शुक्रवार नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा गाईघाटको आयोजनामा त्रियुगा नगरपालिका–८, राजावासमा मनाईएको हो ।

धान उत्पादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायिकरणलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ आर्थिक बर्ष २०६१र६२ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाईँदै आएको हो । सोही अनुरुपमा जिल्लामा बिभिन्न सामाजिक संस्थाहरुको सहकार्य तथा सहयोगमा उक्त दिवस भव्यताका मनाईएको छ ।

उक्त महोत्सवमा त्रियुगा नगर प्रमुख बसन्द कुमार बस्नेतको प्रमुख आतिथ्यतामा रोपाई महोत्सव सुरु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरको तर्फबाट अनुदानमा यस क्षेत्रका कृषक समुहहरुलाई २ वटा ट्याक्टर प्रदान गरी सकेकोले उक्त ट्यक्टर प्रयोजनकालागि ठुला–ठुला बारीहरु आवश्यक भएकाले सम्पुर्ण कृषहरुको बारीको गरालाई एउटै चक्ला बनायो भने उत्पादनमा लागत कुम हुँने र उत्पादनको वृद्धि हुने साथै कृषकहरुलाई आत्मानिर्भ हुँने बताए । उनले भने ‘विगत २०४५ साल सम्म यहाँ उत्पादन भएको बस्तु बाहिर निर्यात गर्ने गरेको थियौँ तर वर्तमाण अवस्थामा हेर्दा अत्याधिक मात्रामा बाहिरबाट चामल पिठो लगाएत अन्य खाद्यन्न बाहिबाट ल्याउँनु परेको छ’ ।
दुईवटा राजमार्ग भएको ठाउँमा बजार पनि नजिकै भएकाले यहाँ उत्पादन भएको धान,मकै,गहुँ लगाएत अन्य नगदेवालीहरु उत्पादन गरी बाहिर पठाउँन सकिने उनले जनाए । नगरले व्यवसायीक खेती गर्ने किसानलाई हेफर कार्याक्रम मार्फत बैंक तथा वित्तिय संस्थाहरु मार्फत ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको जनाए ।
रोपाइ महोत्सवमा कृषि ज्ञान केन्द्र उदयपुर, जनहित कृषि सहकारी संस्था त्रिनपा ८, ओरेक नेपाल, राजावास,मानव अधिकार र वातावरण विकास केन्द्र
विकास सहजिकरण सञ्जाल उदयपुर, हातेमालो प्रगति समाज, त्रिनपा ८, बाघचौरी, वल्ड भिजन इन्टरनेस्नल नेपालको सहयोगमा सम्पन्न भएको थियो ।
