Sunday, May 3News That Matters

माहाअभियान सफल बनाउन लिम्चुङबुङ गाउँपालिका टोल वस्तीमा

पूर्णपुष्टि, ६ फागुन ।
लिम्चुङबुङ गाउँपालिकाले सुरु गरेको “एउटै पुस्तामा समृद्ध लिम्चुङबुङ” लाई पालिकाले टोल बस्तीमा जनजागरण अभियान सुरु गरेको छ । पालिका अध्यक्ष मेजर कुमार राईले पालिकावासीहरुको समस्याको लागि सबै सचेत हुनु पर्ने भन्दै अभियान टोल वस्तीमा पुराएको जनाए । समृद्ध लिम्चुङबुङको लागि जनजनमा चेतना र जागरुप उत्पन्न भएमा समृद्ध लिम्चुङबुङ सफल बन्नेबारे उनले सुझाए । महाअभियान सम्बन्धी अन्तरकृया कार्यक्रममा सकृय सहभागी भएकोमा उपस्थितहरुलाई अध्यक्ष राईले धन्यवाद समेत ब्यक्त गरे । विकास र समृद्धिको साझेदारले एक दिन लिम्चुङबुङवासीको सपना साकार हुनेमा ढुक्क रहन अनुरोध गर्दै यस अभियानमा सबै पालिकावासी जोडिन अध्यक्ष राईले आह्वान गरेका छन् । टोल विकास संस्थाकाहरुको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।