Friday, June 19News That Matters

मिटरब्याजी द्वारा हडपिएका जग्गा पीडितहरुलाई फिर्ता

पूर्णपुष्टि, साउन २४ । मोरङको विराटनगर-१८ लावाघाट र दमादिगीका आधा दर्जनभन्दा बढी व्यक्तिको जग्गा मिटरब्याजी सुनिल साहको कब्जामा परेको अवस्थामा उक्त जग्गाहरू आइतबार उनीहरूलाई फिर्ता गरिएको छ।

५८ वर्षीय महेशलाल मण्डलले सुनिलसँग धितो राखेर लिएको कर्जा असाध्यै ठूलो बोझ बनेको र उक्त कारण नै उनको १५ दिन पहिले मृत्यु भएको उनकी श्रीमती सुमित्रा देवी बताउँछिन्। तर, महेशलालको मृत्युअघि नै उनको जग्गा सुनिलले फिर्ता गराएका छन्।

लक्ष्मी साहसहित ६ जना पीडितहरूले गत आइतबार आफ्नो जग्गा फिर्ता पाए। जग्गा फिर्ता पाएर लक्ष्मी अत्यन्त खुसी छिन्। उनले भनिन्, “८ वर्षपछि मिटरब्याजीले हडपेको घरसहितको १७ धुर जग्गा मेरो नाममा आएको छ।” जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहका अनुसार अहिलेसम्म १ सय १० जना पीडितलाई जग्गा र पाउने पैसा फिर्ता गरिएको छ। ९० वटा अन्य निवेदन अदालत पठाउने तयारी गरिएको छ।