Monday, April 20News That Matters

सेयर बजारमा २० अर्ब कारोबार, नेप्से परिसूचक ६.७ अंकले बढ्यो

पूर्णपुष्टि, साउन २४ ।  साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ। यो अघिल्लो दिनको १७ अर्ब ९५ करोडभन्दा झण्डै २ अर्ब बढी हो।

यस दिन नेप्से परिसूचक ६.७ अंक बढेर २७६६ अंकमा पुगेको छ। कूल ७९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत अवस्थाहेर्दा उत्पादन समूह सबैभन्दा बढी, अर्थात् ५.८७ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूह घटे भने लगानी, हाइड्रोपावर, निर्जीवन बीमा र व्यापार समूह बढे।

कुल ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावर यिनै हुन्। एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ८ प्रतिशत घट्यो भने आरम्भ चौतारी लघुवित्त, रुरु जलविद्युत् र हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य पनि घटेको छ। कारोबारका आधारमा हेर्दा शिवम् सिमेन्ट, हिमालयन रिसहित निफ्रा, सोनापुर सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, नेपाल फाइनान्स, एचआईडीसीएल र अपी पावर अगाडि देखिन्छन्।