Monday, April 20News That Matters

कांग्रेस महामन्त्री शर्माको संशोधित प्रतिवेदनमा चुनावी गठबन्धन अनुपयुक्त

पूर्णपुष्टि, साउन २४ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा पेश गरेको आफ्नो समसायिक राजनीतिक प्रतिवेदनमा संशोधन गरेका छन्। उनले चुनावी गठबन्धन अनुपयुक्त भएको उल्लेख गरेका छन्।

महासमितिको फागुन २०८० को बैठकमा चुनावअघि गठबन्धन गर्नेबारे चर्को बहस भएको थियो। महामन्त्री गगनकुमार थापाले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव राखे भने प्रमुख शेरबहादुर देउवा यसको विपक्षमा रहे। महामन्त्री शर्माले भने चुनावी गठबन्धनको उपयुक्तता समयमा निर्णय लिनुपर्ने तर्क गरेका थिए। उनले अहिलेको संशोधित प्रतिवेदनमा चुनावी गठबन्धन अनुपयुक्त भएको उल्लेख गरेका छन्।

शर्माका अनुसार, एकल बहुमत कसैको नभएको संसदमा गठबन्धनलाई कायम राखेर देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको छ। साथै उनले कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह अस्वीकार गरेको पनि उल्लेख गरेका छन्। कांग्रेस महासमितिमा गठबन्धनको विषयमा निर्णय लिन सकिएन। त्यसपछि प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडे र एमालेसँग नयाँ गठबन्धन बनाए। त्यसको पछि कांग्रेस र एमाले मिलेर सरकार बनाएका छन्।