Friday, June 12News That Matters

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे वेवास्थाप्रति ध्यानाकर्षण

पूर्णपुष्टि, जेठ ६
मतदान अधिकृतकाे चरम लापरवाहिले स्थगित भएकाे त्रियुगा नगरपालिका वडा नं. १२ काे मतदानलाई पुन:मतदान गराउन मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे वेवास्थाप्रति दलहरुकाे ध्यानाकर्षण भएकाे छ । नेकपा (माओवादि केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले संयुक्त विज्ञप्ति जारि गर्दै यस्ताे सम्वेदनशिल विषयमा गम्भीर नभईदिएकाे भन्दै ध्यानाकर्षण गरेकाे छ ।
मतदाताकाे मताधिकारकाे सम्मान गर्दै पुन:मतदानकाे माग विज्ञप्तिमा गरिएकाे छ । यस्ताे सम्बेदनशिल विषयमा गम्भीर नभईदिदा उत्पन्न हुनसक्ने परिस्थितिकाे जिम्मेवार स्वयम् सम्बन्धित निकाय हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।