
पूर्णपुष्टि, जेठ ६ गते ।
स्थानीय तहको निर्वाचनको मतदान भएको वैशाख ३० गते सामान्य विवादमा प्रहरीले उदयपुरको कटारीमा गोली चलाएको वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको कटारी नगरपालिका–१० सोरुङ्घ छविसेमा एमालेका क्षेत्रबहादुर खड्का वडा अध्यक्षमा विजयी भएका छन् । खड्का ५२१ म्त ल्याउदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
खड्काका निकटतम प्रतिस्पर्धी एकिकृत समाजवादीका लेट नारायण श्रेष्ठ ३७४ मत ल्याएर पराजित भएका छन् । कटारीको सोरुङ्घ छविसेमा मतदान सम्पन्न भइसकेपछि सामान्य विवादमा प्रहरीले गोली चलाउदा १९ वर्षीय नविन भनिने विरबहादुर कटुवालको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर कटुवालको मृत्यु भएसँगै स्थानीयले मतपेटीका उठाउन नदिदा कटारी–१० को मतगणना ढिलो भएको हो ।
