Thursday, May 14News That Matters

मुलुलको राजनीति तरल अवस्थामा बगिरहेको छ : माधव नेपाल

पूर्णपुष्टि,फागुन ५ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताउनुभएको छ । शुक्रवार गाईघाटको नयाँ बसर्पाकमा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नेता नेपालले नेपालको स्थायी राजनीति कुनैपनि वेला मोडिन सक्ने अवस्था रहेको र संघीयता र गणतन्त्र समेत धरापमा पर्नसक्ने खतरा उत्पन्न भएको बताउनुभयो । खुल्ला राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको बताउनुभयो ।

निर्वाचनका वेला एउटा गठबन्धन हुने परिणाम आईसकेपछि अर्को गठबन्धन भएकाले यो अपवित्र गठबन्धनको सरकार अव धेरैदिन टिक्न नसक्ने दावी समेत गर्नु भयो ।

नेता नेपाल मोरङ जिल्लाको लेटाङमा शनिवारदेखि शुरुहुने १ नम्बर प्रदेशस्तरीय साताब्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभण्डारी राजमार्ग हुदै मोरङ जाने क्रममा उदयपुर गाईघाटका आफ्ना नेता कार्यकर्ताहरु संग भेटघाट गर्नुभएको थियो ।