
पूर्णपुष्टि, फागुन ६ । हुरेण्डेक उदयपुरको आयोजना तथा वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा डिजिटल बजार साक्षरता सहजकर्तालाई क्षमता अभिबृद्धि तालिम सञ्चालन भएको छ ।
एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत फागुन ४ देखि ७ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा जिल्लाका ६ पालिकाहरु त्रियुुगा, रौतामाई, लिम्चुुङबुुङ, कटारी, उदयपुरगढी र ताप्लीका २० जना सहभागि भए ।
उत्पादनशिल कृषक समुहहरुले उत्पादन गरेका कृषि उत्पादनहरुलाई बजारसंग जोड्न तालिमका सहभागिहरुले भुमिका खेल्नसक्ने परियोजना ब्यवस्थापक गोविन्द ढकालले बताए ।
हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाका अनुसार कृषि उत्पादनमा प्ररित हुदै गएका कृषकहरुलाई बजारसंग जोड्दा आर्थिक आर्जनमा टेवा पुुग्ने बताए ।
