Thursday, May 14News That Matters

लिम्चुुङबुुङ आलु ब्लक क्षेत्रमा ट्याङ्की र पाइप वितरण, आलु उत्पादनमा टेवा

पूर्णपुष्टि, फागुन ६ । लिम्चुुङबुुङ ।
उदयपुरको लिम्चुुङबुुङ गाउँपालिकाको आलुब्लक क्षेत्रका कृषकलाई सिचाईका लागि पानीट्याङ्की र पाईप वितरण भएको छ । वडा नं. ३ को नगरे, यारीखोला क्षेत्रका कृषकलाई समेटेर कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र कृषक स्वयम्को ५० प्रतिशत लगानीमा हजार लिटरको १६ वटा ट्याङ्की वितरण भएको हो । योसंगै ८५ प्रतिशत ज्ञान केन्द्र र १५ प्रतिशत कृषकको लगानीमा ७ हजार पाँचसय मिटर २० एमएमको पाईप पनि वितरण भएको हो ।
वडा नंं ३ का वडाध्यक्ष गुरुमणी कुमाईले फागुन ५ गतेको नगरे गाउँमा आयोजित वितरण कार्यक्रममा चन्देश्वरी कृषि समुहका अध्यक्ष गन्जुु शेर्पा, सचिव राजन कार्की लगायतका कृषकहरुलाई हस्तान्तरण गरे ।
सिचाईका लागि वितरित ट्याङ्की र पाईपले आलु उत्पादनमा टेवा पुुर्याउने भएपछि कृषकहरु खुसी छन् । प्राप्त सामानको सहि सदुुपयोग र जतन गरेर फाईदा लिन वडाध्यक्ष कुमाईले सुुझाए । उनले आलु ब्लक क्षेत्रबाट एक वडा एक उत्पादनको नारा सार्थक भएको बताए । त्यस क्षेत्रमा एक कृषकले बार्षिक डेडलाख रुपैयासम्म आम्दानी गरेको कृषि समुहका अध्यक्ष शेर्पाले बताए । सो ठाउँका शिव कार्की, राजन कार्की, तिलकबहादुर बस्नेत, सिवन राई, टसि शेर्पा लगायतका कृषकहरु आलुु उत्पादनमा अग्रणी स्थानमा देखिएका छन् ।
ब्यापारी तथा पर्यटन ब्यवसायीसमेत रहेका समुह अध्यक्ष शेर्पाले पछिल्लो समय लिम्चुुङबुुङको आलुु ब्राण्डको रुपमा बजार जान थालेको छ । अर्गानिकरुपमा उत्पादन हुने आलु मिठो, स्वादिलो र स्वस्थ्यवद्र्धक रहेको दावी गर्दै यसकै कारण बजारमा राम्रो माग रहेको उनले बताए । यो फागुन महिनामा त्यस क्षेत्रमा आलु रोप्ने सिजन हो । पालिका अध्यक्ष मेजर कुमार राईले कृषि र पर्यटनबाट समृद्धिको बाटोमा अगाडि बढ्दै गएको बताए ।