Monday, April 20News That Matters

मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र २ भिड्ने

पूर्णपुष्टि,असार १५ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा जारी स्वर्गीय लालशेर राई मेयर कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफानल खेल सम्पन्न भएको छ । शुक्रवार गाईघाटको थरुहट रंगशालामा भएको अन्तिम सेमीफाइनमा वडा नम्बर-८ राजाबारलाई ट्राइवेकरमा २को विरुद्ध ३ गोल अन्तरले पछि पार्दै वडा नम्बर २ जोगिदहले फाइनलमा प्रवेश पाएको हो ।

यता विहिवार दोस्रो खेलमा वडा नम्बर ११ले वडा नम्बर ५लाई १ गोलको विरुद्ध २ गोल गर्दै फाइनलको बाटो तय गरेको थियो । जसमा वडा ११को लागि जर्सी नम्बर ११का खेलाडि सुनिल खड्काले टिमका लागि २ गोल गरेको थियो ।

यस्तै आज भएको अन्तिम सेमिफाइनल खेलमा दुवै टिमका खेलाडिहरुले फाइनलको लागि प्रतिस्पर्धा भएको थियो । खेलको निर्धारीत समय सम्ममा पनि दुवै टिमका तर्फबाट स्कोर गर्न नसके पछि खेल ट्राइवेकरमा परिणत भएको थियो । निकै प्रतिस्पर्धात्क देखिको खेलमा अन्तत वडा नम्बर ८ले हार व्यवहोर्नु भर्यो ।

ट्राइवेकर खेलमा टिमका प्रत्यक ६–६ खेलाडिले गोल प्रहार गरेका थिए । उक्त खेलमा वडा नम्बर २का लागि जर्सी नम्बर ३का अर्जुन चौधरी, जर्सी नम्बर ९का प्रितम चौधरी र अर्का खेलाडि जसी नम्बर ५का खेलाडि टिक बिकले प्रहार गरेका बल गोलमा परिणत भएको थियो । यस्तै वडा नम्बर ८ का ६ खेलाडि मध्य २ खेलाडिले मात्र गोल पोसको जाली चुमाउँन सफल भएको थियो । जस्मा जसी नम्बर ४ का लिलेश्वर चौधरी र हेम दनुवारले मात्र गोल गर्न सफल हो । साथै प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर प्रितम चौधरीले घोषित भएको छ । उनले नगद १००० सहित मेडल प्राप्त गरेको छ ।

भोली शनिवार विहान ७ः३० बजे बिहान भेट्रान खेल हुँने म्याच कमिस्नर उदय राईले जानकारी दिए । उनका अनुसार टिम ‘ए’मा वडा नम्बर १०,३,५ र ६ रहेने र टिम ‘बि’मा वडा नम्बर ११,१२,१३ रहने छ । जसको पुरस्कार २० हजार तोकिएको छ । दिउसोको ३ बजे वडा नम्बर २ ले वडा नम्बर ११ संग प्रतियोगिताको फाइनल खेल खेल्ने आयोजकले जनाएको छ ।