Monday, April 20News That Matters

उदयपुरको सबैभन्दा अग्लाे यलम्बर शालिक ताप्लीमा

पूर्णपुष्टि, असार १४ ।
उदयपुरको ताप्ली गाउँपालिका – ४ यलम्बर चौक थुम्किमा यलम्बर पार्क निर्माण भएको छ । पार्कसंगै नेपालको प्रथम किराती राजा यलम्बरहाङको शालीक राखिएको छ । शालिक ९ फिट अग्लो र ५ फिट चौडाइको रहेको छ । जिल्लाकै सबैभन्दा ठुलो यलम्बर शालिक बनेको हो ।
संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १९ लाख, ताप्ली गाउँपालिका र ४ नं. वडाको ८९ हजार ८४२ रुपैया र विभिन्न सहयोगदाताहरुबाट संकलित रकमबाट पार्क र यलम्बर शालिक निर्माण भएको हो । पार्कको उद्घाटन असार १३ गते पूर्व संघीय सांसद सुरेशकुमार राईले गरेका छन् । उद्घाटन समारोह सांस्कृतिक कार्यक्रमसहित हर्षोउल्लासका साथ मनाइएको थियो । पार्क निर्माणले संस्कृति प्रवद्र्धनका साथै ताप्लीको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।