
पूर्णपुष्टि, बैशाख १९
उदयपुरगढी गाउँपालिकाका अध्यक्ष पदको लागि स्वतन्त्रबाट रामणी गुरागाई (डिस्टेन्ट) चुनावी मैदानमा उत्रने भएको छ । गुरागाईले एमाले र गठबन्धन बिच चुनाव लड्ने भएको हो ।
उनले राजनितिक पार्टीका व्यक्तिहरु भ्रष्टचारमा लिप्त भएका कारण पालिकाको विकास गर्न नसकेको भन्दै समग्र पालिका विकासका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको जनाए । गुरागाईले पालिकाको कुनै पनि योजनाको लागि कमिसन र घुसखोरीका कारण विकास हुन नसकेको भन्दै आफ्नो महत्वपूर्ण उम्मेदवारी रहेको सुझाएको छ । कुनै पनि विकासको योजना आयो भने विचौललियाको पालन पोषण र भ्रष्टचारको प्रमुख कारणले नै पालिका जस्तो ठाउँमा अतिआवश्यकीय कुराहरु सडक, बिजुली समेत अझै पूर्ण नभएको गुराईको भनाई छ ।
पर्यटन तथा ऐतिहाँसिक पुरात्वात्तिकले भरिपूर्ण रहेको पालिका जस्तो ठाउँमा अझै पनि पिच बाटो बन्न नसकेको कुरालाई कोड गर्दै दलहरुले नेतृत्व पाए पालिका अझै धेरै पछि पर्ने गुरागाईले बताए । यदि आफु पालिकाको अध्यक्ष भएमा पहिलो कुरा पालिकावासीको अधिकार सुनिश्चित गर्ने जनाए ।

त्यस सँगै क्रमश विकासका कामहरु शिक्षा, स्वास्थ्य, सडक, खानेपानी बत्ति, जेष्ठ नागरिक तथा अपाङगताहरुको सम्मान वालवालिका तथा आदिवासी जनजातिहरुको लागि कार्यक्रमहरुलाई अगडी बढाने जनाए । उनको सबै भन्दा महत्वपूर्ण एजेण्डाको भ्रष्टचार मुक्त पालिका रहेको छ । दलका व्यक्तिहरुले भ्रष्टचार गरेको धेरै पाईएको र त्यस्को न्युनिकरणको एउटै विकल्प स्वतन्त्र उम्मेदवारको नेतृत्व आवश्यक रहेको गुरागाईले जनाए । उनले सबै पालिकावासीहरु सँग अमुल्य मत समेत मागेका छन् ।
