Monday, June 1News That Matters

मोटरसाईकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

पूर्णपुष्टि, कार्तिक १६
गएराति रौतताहटमा भएको मोटरसाईकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादव रहेको छ । बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भएको थियो । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर प्रहरी जवान यादवको मृत्यु भएको रौताहट प्रहरीले जनाएको छ ।