
पूर्णपुष्टि, कार्तिक १६
त्रियुगा उद्योग बाणिज्य संघले यहि पुष ३ गते साधारण सभा तथा अधिवेशन गर्ने जनाएको छ । संघका कार्यबाहक अध्यक्ष रमेश रसाईलीले मंसिर ५ गते सम्म सदस्यता नविकरण र पुष ३ गते साधारण सभा तथा अधिवेशन गर्ने जनाएको छ । संघको अधिवेशन तथा साधारण सभा सँगै त्यहि अधिवेशनले नै चुनावको मिति तोक्ने अध्यक्ष रसाईलीले बताए ।

लामो समय सम्म विवादमा रहेको संघले हालै मात्र कार्यबाहक अध्यक्ष पाएपछि संघको काम कार्वाही अघि सारिएको छ । पुर्व अध्यक्ष गजेन्द्र भगतले समयमै साधारण सभा तथा अधिवेशन गर्न नसक्दा चुनावको प्रक्रिया अगाडी बढ्न सकेको थिएन् । भगतको कामलाई विरोध जनाउँदै बहुमतको कार्यसमितिले अध्यक्ष भगतलाई कार्वाही समेत गरी कार्यवाहक अध्यक्ष रसाईलीले संघको कार्यविधिविधानलाई अगाडी बढाए । अध्यक्ष रसाईलीले अब तत्कालै संघको चुनावका लागि साधारण सभा तथा अधिवेशन गर्न लागिएको जनाए ।

संघमा ९ जनाको बहुमतको कार्यसमित रहेको जनाईएको छ । बहुमतको कार्यसमितिले नै साधारण सभा तथा अधिवेशन गर्ने भएको छ । ९ कार्यसमितिले भगत सँग अदालतमा मुद्धा समेत जितेर माहासंघको आधिकारिक बहुमतको कार्यसमिति बनि कामकार्वाही अगाडी बढाएको अध्यक्ष रसाईलीले बताए । चुनावमा कार्तिक १५ गते सम्म सदस्यता लिएकाहरुले मात्र भोट लगाउन पाउने भएको छ ।
