
पूर्णपुष्टि, बैशाख १५
त्रियुगा नगरपालिका १२ नं स्थित सिद्धार्थ टोलका युवा नेतृत्व नविन राई यस पटकको स्थानीय चुनावमा वडाअध्यक्षका लागि आफ्नो उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेको छ । राई युवाहरुमाझ निकै लोकप्रिय मानिन्छ । राईले युवाहरुकै पहलमा आफुले चुनाव जित्ने समेत दावी गरेको छ । हाल राई जनताको घरदैलोमा गएर आफ्नो भिजन र ऐजेन्डा प्रस्तुत गर्र्नमा व्यस्त छ ।
लामो समय सरकारी जागिरमा आवद्ध राईले अब भने प्रत्यक्ष जनता सँग हातेमालो गर्ने र वडालाई विकासमुखी निर्माण गर्दै नमुना १२ नं वडाका लागि आफ्नो प्रमुख उम्मेदवारी रहेको जनाएको छ ।
राई त्रियुगा नगरापलिका १२ नं मा नेकपा माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट वडाअध्यक्षका लागि उम्मेदवार रहेका छन् । उनले आफ्नो प्रतिद्धन्दीहरुलाई उच्च सम्मन गर्दै १२ नं वडामा सबै भन्दा बढी विकास र खुसी वडावासीको परिकल्पना आफुमा रहेको जनाए । राईले आफु सामान्य परिवारको व्यक्तित्व रहेको हुादा यहाँ लोप लालचको कुनै अर्थ नरहेको जनाए । एउटा सामान्य व्यक्तिले मात्रै वडावासी र गरिबीहरुको जिवन स्तरबारे सोँच्ने राईको बुझाई छ ।
वडाको सिलिङ बजेट सानो हुनाले आफुले ठुलो सपना वडावासीहरुलाई नदेखाएको समेत जनाए । तर वडाको वजेटले मात्रै नभई स्थानीय सरकार प्रमुख, प्रदेश र केन्द्र सम्मको बजेटको समन्वयमा भने वडामा विकासको मुल फुटाउने योजना रहेको जनाए ।

राईले भनेका छन्,” यस भन्दा पहिलेका जनप्रतिनिधिहरुले ठुला सपमना देखाएर जनताहरुलाई भ्रमित पारे, जति सकिन्छ त्यति मात्रै जनतालाई आश देखाउने हो अनि मात्र जनताले पत्याउँछन् उनले भने,” आफ्नो स्वार्थ र जितका लागि जनताहरुलाई ठुलो सपना देखाउन नमिल्ने उनले बताए । म वडाको वजेट भन्दा ठुलो सपना वडावासीहरुलाई देखाउँदिन तर जनताको अपेक्षा भन्दा बढी काम गरेर पक्कै देखाउँछु राईले भने ।
उनले सम्पूर्ण १२ नं वडावासीहरुलाई आफ्नो स्वच्छ छविका साथ दिर्घकालिन वडाको विकासमा ध्यान पुराउने प्रतिवद्धता समेत जाहेर गरेका छन् । राईले १२ नं वडामा भौतिक पूर्वधार, शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी जस्ता विकासलाई निकै प्राथाकिताका साथ चुनावी एजेण्डा सारेको छ । साथै कृषि पशुपालन, गरिबी रोजगार, सरसफाई, व्यवस्थित सहर र वस्तीलाई समेत प्रमुख प्राथामिकतामा राखेको जनाए । उनले युवाहरुलाई पनि वडामा परिचालन गरी उचित सम्मानका साथ काम र रोजगार दिएर वडालाई नै नमुना वनाउने आफ्नो सोँच रहेको जनाए । राईले त्यहाँका दलित, महिला, पछिपरेको समुदाय तथा परिवार, आदिवासी जनजाति र अपाङगता भएक व्यक्तिहरुलाई समेत उचित व्यवस्था उपलब्ध गर्ने जनाए ।
