Thursday, June 4News That Matters

म विरुद्धको उजुरी पराजित मानसिकताको उपज : बसन्त बसतेत

पूर्णपुष्टि, वैशाख २० गते ।
नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बसन्त वस्नेतले आफूविरुद्ध गरिएको उजुरी एमालेको पराजित मानसिकताको उपज भएको बताएका छन् । त्रियुगा नगरपालिकाका एमालेबाट प्रमुख पदका उम्मेदवार बनेका भागवत राउतले बस्नेतले आन्तरिक राजश्व कार्यालय लाहानमा मूल्य अभिवृद्धि कर नतिरेको आरोप लगाउदै उम्मेदवारी खारेजीको मागराखी निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा उजुरी दिएका थिए ।
एमालेको उम्मेदवारले स्वास्थ्य चुनावी प्रतिस्प्रर्धा गर्न छाडेर षड्यन्त्र गरी भ्रमक उजुरी गरेको बस्नेतले वताएका छन् । जनताबाट पराजित हुने डरले एकालेले आफूविरुद्ध उजुरी गरेको दावी गर्दै बस्नेतले चुनावमा स्वास्थ्य प्रतिस्प्रर्धाका लागि आउन चुनौती समेत दिएका छन् ।
एमालेको त्रियुगा नगरका प्रमुख पदका दावेदार राउतले गरेको उजुरीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले निवेदन उपर केही गर्न नपर्ने भन्दै खारेज गरिएको छ । सहायक निर्वाचन कधिकृत दिलिप मगरद्धारा हप्तक्षरित सूचनामा प्रचलित निर्वाचन कानुन बमोजिम उम्मेदवारी खारेज नहुने भएकाले केही गरि परेन भनि उल्लेख गरिएको छ ।