
पूर्णपुष्टि,चैत्र १३ । युरोकप २०२४ छनोट अन्तर्गतको खेलमा युक्रेनमाथि इंग्ल्याण्डले जित निकालेको छ । समूह सी अन्तर्गतको दोस्रो खेलमा युक्रेनलाई इंग्ल्याण्डले ०–२ गोलले पराजित गरेको हो ।
आईतबार राती भएको खेलको ३६ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्याण्लाई आग्रता दिलाएका थिए भने ३९ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा इंग्ल्याण्डले २ गोल गरेको थियो भने दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन् । पहिलो खेलमा इटलीलाई हराएको इंग्ल्याण्डल दुई जित सहित समुह सी को शीर्ष स्थानमा छ ।
त्यस्तै समुह सी को अर्को खेलमा इटलीले माल्टालाई २–० गोलले हराएको छ । इटलीका लागि माटेओ रेटेगुई र माट्टेओ पेसिनाले गोल गरे । एक हार र एक जित निकालेको इटली ३ अंक सहित दोस्रो स्थानमा छ ।
