
पूर्णपुष्टि,चैत्र १३ । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरेका छन् । २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको उनको भनाई छ ।
सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सो कुरा बताएका हुन् । २०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा दलहरुले बढी जोड दिएको थियो ‘उनले भने’ तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ ।
हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा हामी कतिको हिडिरहेको छौं ‘उनले भने’ त्यसमा सबैले मनन गर्नुपर्छ । कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नविन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन विस्तार लगायतका काम सम्झीएका छन् ।
