
पूर्णपुष्टि, बैशाख ४
रास्वपाका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनकै सवारी चालक गम्भीर घाईते भएको छ । लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका (११ को ३ तले घरको छतबाट खसेर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा सख्त घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
घटना बिहान चार बजेतिर भएको थियो र चालकको खुट्टा र टाउकामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी पण्डितले बताए । घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) नेतृत्वकै टोली खटिएको छ ।
भुँइतलासहित तीन तला रहेको सो घरमा माथिल्लो तलामा चालक सुतेका थिए । उनीसँगै अर्का चालक पनि सुतेको डिएसपी पण्डितले बताए । घटना के–कसरी भयो भन्ने बारेमा अनुसन्धानपछि विवरण सार्वजनिक गर्ने उनको भनाइ छ ।
