
पूर्णपुष्टि, साउन २३ । रसुवाको स्याफ्रुबेसीबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले यस दुर्घटनाको पुष्टि गरेका छन्।
एसपी कोइरालाका अनुसार दुर्घटना स्थलमा सुरक्षाकर्मीको ठूलो टोली पुगेर उद्धार कार्य जारी राखेको छ। दुर्घटनास्थलमा आगलागी भइरहेको र उद्धार कार्य चलिरहेको जानकारी दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए। यस दुर्घटनामा कति यात्रु सवार थिए र मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन। उद्धार कार्य जारी रहेकोले थप विवरण आउन बाँकी रहेको छ।
