
पूर्णपुष्टि, साउन २३ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन-एजेडी कल साइन भएको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ।
बुधबार नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। उनीसहित हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए। चिनियाँ पर्यटकहरूमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन्। दुर्घटनापछि गरिएको उद्धार कार्यमा हालसम्म चार जनाको शव फेला परेको बताइएको छ। एक जनाको खोजी कार्य जारी रहेको छ।
