
पूर्णपुष्टि, साउन २३ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन सहित सवार ५ जनाको मृत्यु भएको छ ।
बुधबार हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सहित ५ जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् । हेलिकप्टर दुर्घटनामा परी हेलिकप्टर क्याप्टेन अरुण मल्ल, चिनियाँ पर्यटकहरूमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
