Friday, May 15News That Matters

राजेश पायल राई र पेमाको ‘सै हँमा सैँ हपा’ लाई दर्शकको माया, भिडियो ट्रेडिङमा

पूर्णपुष्टि, माघ १३
भर्खरै सार्वजानिक भएको गित ‘सै हँमा सैँ हपा’ लाई दर्शकले अत्यादिक रुचाएको छ । नेपालका चर्चित गायक राजे पायल राई (राई इज किङ) को संगित तथा स्वर र द भ्वाई अफ किड्सकी टप ८ प्रतिस्पर्धि पेमा देचेन तामाङको स्वरमा रहेको सो गितलाई देश तथा विदेशमा रहेका सबै दर्शकले अत्यादिक माया गरेको छ ।

रचनाकार टिका चाम्लिङको शब्दमा रहेको ‘सै हँमा सैँ हपा’ चाम्लीङ राई भाषाको शब्द हो । ‘सै हँमा सैँ हपा’ को अर्थ ठुला बडा र सम्मानित व्यक्तिहरुलाई सम्बोधन गरिने शब्द रहेको गितका रचनाकार टिका चाम्लिङ राईले बताए ।

राईले गितलाई यो शब्दले नयाँपन थप्नुका साथै चाम्लीङ भषालाई पनि चिनाउने काम गरेको बताए । गित नेपाल लगायत विभिन्न देशहरुमा चर्चित बनेको छ । नेपाल बाहेक दुवई, कतार, र कुवेत लगायत ठाउँहरुमा पनि यो गितले राम्रो स्थान पाएको छ । पेमा भ्वाईस किड्सकी राम्रो प्रतिस्पर्धा समेत थिईन् । उनि प्रतिस्पर्धाकै क्रममा दर्शको मनमा वस्न सफल भएकी वाल गायीका पनि हुन् ।

उनि टप ८ बाट बाहिरदा धेरै दर्शकहरुले मन दुखाएका थिए । सुपरस्टार गायक राजेश पायल राई र पेमाको उत्कृष्ट स्वर रहेको सो गितले यो समचार तयार पार्दा सम्म नेपालमा ४ लाख ५० हजार बढी भ्युज पाएर टे«डिङ ४ मा स्थान ओगट्न सफल भएको छ भने ४ हजार बढी प्रतिक्रिया पाएको छ । गित स्टुडियो किङमा रेकर्ड गरिएको छ भने राजेश पायल राई फाउन्डेसनले संयुक्त प्रस्तुत गरेको छ । गित राजेश पायल राई युट्युव च्यानल बाट हेर्न सकिन्छ ।