
पूर्णपुष्टि, माघ १३
उदयपुरमा आज (बिहिवार) थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा संक्रमितको संख्या ५ सय ४ जना पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङक अनुसार आज १ सय ८ जनाको एन्टिजेन्ट विधिबाट परिक्षण गरीएकोमा २९ पुरुष र २७ महिला गरी ५६ जनामा संक्रमण देखिएको छ । आज थपिएका संक्रमितहरु चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका साथै उदयपुरगढी गाउँपालिकाका रहेका छन् ।
चौदण्डीगढीमा ७ पुरुष र ६ महिला गरी १३ जना, कटारीमा ७ पुरुष र ८ महिला गरी १५ जना, बेलकामा १२ पुरुष र ९ महिला गरी २१ जना र उदयपुरगढी गाउँपालिकामा ३ पुरुष र ४ महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ ।
जिल्लामा हाल सम्म ५ पुरुष र १ महिला गरी ६ जनाले कोरोनालाई जितेको छ । त्यस्तै, जिल्लामा कोरोनाले १ जना पुरुषको ज्यान गएको छ । जिल्लामा अहिलेसम्म ८ सय २५ जनाको परिक्षण गरीएकोमा ५ सय ४ जनामा पाजेटिभ देखिएको हो ।


