
पूर्णपुष्टि, माघ १३
मोरङमा खाल्डोमा गाडिएको अवस्थामा दुईजनाको शव फेला परेको छ । जिल्लाको धनपालनाथ गाउँपालिका–७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव फेला परेको हो ।
२० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव कसको हो भन्नेबारे भने खुलेको छैन ।
अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले जनाएको छ ।

