Friday, May 15News That Matters

८० वर्षीय बुवाको हत्या अभियोगमा छोरा पक्राउ

पूर्णपुष्टि, माघ १३
मोरङमा एक जना ८० वर्षीय वृद्धको हत्या अभियोगमा उनकै छोरा पक्राउ परेको छ । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
बुधवार राति साढे ११ बजे सामान्य विवादमा बुवाको हत्या गरेको प्रहरीले जनाएको छ । बुधवार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुवाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई सोही रात प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।