
पूर्णपुष्टि, फागुन २५ । राष्ट्रपति छनोटका लागी गरिएको निर्वाचनमा मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदान सकिएसँगै आजै मतगणना गरी निर्वाचित उम्मेदवारलाई प्रमाण पत्र दिईने छ ।
आज ४ बेजेपछि मात्र मत गणना हुने छ भने गणनाका लागी प्रतिनिधिसमेत चयन भईसकेको बताईएको छ । रामचन्द्र पौडेलका तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला रहेका छन् । मत पेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गरिएको छ ।
