
पूर्णपुष्टि, फागुन २५ । अभिनेत्री सुरक्षा पन्त र कलाकार मानव सुवेदी बैबाहिक बन्धनमा बाधिएका छन् । उनिहरुले आज (बिहिबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् ।
दुवै पक्षका परिवार, आफन्त लगायत साथिभाईकोहरुको सानो जमघटमा बैबाहिक कार्यक्रम भईरहेको छ । ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका मानव र सुरक्षाले हिजो ईन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेको छन् ।
सामाजिक सञ्जालमा सुरक्षाले सार्वजनिक गरेको विवाहको तस्वीरमा ऊनी सुन्तला रङको सारी र मानव वैजनी रङको कोट र दौरा सुरुवालमा देखिएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।
