Wednesday, June 10News That Matters

राष्ट्र बैंकले गर्‍यो ९ बैंकलाई कारबाही : प्रति बैंक ५० लाख जरिवाना

पुर्णपुष्टि,माघ २५ । सम्पत्ति शुद्धिकरण सम्बन्धी नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई कारवाही गरेको छ। प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डौ (हाल ग्लोबल आइएमई) प्राइम कमर्सियल सम्पत्ति शुद्धिकरणमा गम्भिर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना गरिएको छ।

माछापुच्छ्रे बैंकले पुँजी कोष पर्याप्तता अनुपातको यथार्थ विवरण पेश नगरेको, सानिमा बैंकले तत्कालिन प्रमूख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको, नबिल बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि व्यवस्था अनुसार ग्राहक पहिचान विवरणमा लापरवाही गरेको भन्दै कारवाही गरिएको हो ।

त्यस्तै,माछापुच्छ्रे,तत्कालिन नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकलाई ग्राहकसँगको एकपटकको सम्झौतापछी प्रिमियम थप्ने वा डिस्काउन्ट गर्ने गरिएको आधारमा कारवाही गरिएको हो ।