Monday, April 20News That Matters

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

पूर्णपुष्टि, चैत ६ । रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्दै अनुदानलाई यथावत राख्ने सरकारले निर्णय गरेको छ । आज (सोमबार) बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले अनुदानलाई थतावत राख्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयपनि गरेको बताईन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।