
पूर्णपुष्टि,असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी भएका छन् । आज बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री दाहाल साथै सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु पनि पुगेका छन् ।




चियापानमा योमरी, जुज धौ, भटमास, पोलेको मकै जस्ता परिकार पनि राखिएको छ ।
