Thursday, May 21News That Matters

भारतीय फिल्म चल्न नदिन जुनसुकै सजाय भोग्न तयार छु : बालेन शाह

पूर्णपुष्टि, असार ७ । काठमाण्डौँका मेयर बालेन्द्र शाहाले भारतीय फिल्म चल्न नदिन जुनसुकै सजाय भोग्न आफु तयार रहेको बताएका छन् । बिहिबार उच्च अदालतले भारतीय फिल्म नरोक्न अन्तरीम आदेश जारी गरेपछि मेयर शाहले अदालत र सरकार भारतको गुलाम भएको प्रतिक्रिया दिएका हुन् ।

उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ ‘उनले उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ’ यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो । अदालत र सरकार भारत को गुलाम भएको र फिल्म चल्न नदिन जुनसुकै सजाय भोग्न आफु तयार रहेको बताए । आदिपुरुष फिल्ममा जानकी भारतकी छोरी हुन् भन्ने संवाद हटाउन दिएको तिन दिने अल्टिमेटम सकिदा पनि नहटाएपछि मेयर शाहले सोमबारदेखी भारतीय फिल्मको प्रदर्शनमा रोक लागाएका हुन् ।