
पूर्णपुष्टि, असार ७ । काठमाण्डौँ महानगरमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
भारतीय फिल्मको प्रदर्शन रोक्ने महानगरको निर्णय विरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटको बिहिवार सुनुवाई गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यो विषयको अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुबै पक्षलाई बोलाएको चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीले जनाए । बलिउड फिल्म आदिपुरुषमा जानकी भारतीको छोरी हुन् भन्ने संवादमा आपत्ति जनाउँदै महानगरका प्रमुख बालेन्द्र शाहले सोमबारदेखी भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएका थिए ।
