Monday, April 20News That Matters

रास्वपाले सांसद विकास कोष खारेजको माग सहित संकल्प प्रस्ताव दर्ता गर्यो

पूर्णपुष्टि, जेष्ठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजको माग सहित संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । बिहीबार संसद् सचिवालय पुगेर रास्वपाका डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

‘सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयता माथि नै प्रश्न चिह्न खडा गरेको छ। आर्थिक वर्ष २०७७र७८ को बजेट निर्माण भइरहँदा नेपाली कांग्रेस प्रतिपक्षी दल थियो र कुनै हालतमा पनि यो कार्यक्रम खारेज गरिनु पर्ने माग समेत गरेको थियो ‘दर्ता गरिएको संकल्पमा भनिएको छ’ साथै, उक्त कार्यक्रमको बजेट कोरोनाभाइरस संक्रमण रोकथाममा लगानी गर्नु पर्ने भनी सो पार्टीको केन्द्रीय समितिले निर्णय समेत गरेको जगजाहेर छ। अहिले कांग्रेसकै नेता अर्थमन्त्री भएको र मुलुक आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा आफैंले विरोध गरेको कार्यक्रम ब्युँताउन लागि परेको पनि देखियो।

अर्थतन्त्र धरायसी भएको अवस्थामा यस्ता विवादीत र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटिको दोहन मात्र हुने भन्दै रास्वपाले खोरज गर्न माग गरेको हो । नेपाल सरकारले सर्वाधिक आलोचित संसदिय क्षेत्र पूर्वधार विकास कार्यक्रमका लागी अर्थ मन्त्रालयबाट बजेट विनियोजन कार्य रोकी तत्काल उक्त बजेट अन्य आवश्यक विकास निर्माण कार्यका लागी परिचालन गर्नुपर्ने रास्वपाका सांसदले बताएका छन् ।