Thursday, June 18News That Matters

रौतहटमा आगलागीबाट २१ घर जलेर नष्ट

पूर्णपुष्टि, चैत्र २६ । रौतहटको माधवनारायण नगरपालिका ४ विसुनपुर्वा मानपुरमा आगलागीबाट २१ वटा घर जलेर नष्ट भएको छ । आईतबार स्थानिय जिउत मुखियाको घरबाट लागेको आगोले बस्तिका २१ घर जलेर नष्ट भएको छ ।

दिउँसो २ बजे मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला तीव्र हावाको कारण केहि बेरमै छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको उनले जनाए । वारुण यन्त्र परिचालन गरिएपनि पानी सकिएकोले आगो नियन्त्रणमा लिन समस्या आएको स्थानिय पारस भण्डारीको भनाई छ ।

आगलागीका कारण मानविय क्षति भने भएको छैन । सुरक्षाकर्मी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र क्षतिको विस्तृत विवरण अझै आईनसकेको प्रहरीले जनाएको छ ।