
पूूर्णपुष्टि, चैत्र २६ । गाईघाट ।
त्रियुुगा नगरपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिदा विगत दुुई महिनादेखि सेवा प्रवाह अबरुद्ध भएको भन्दै पाँच राजनीतिक दलले विज्ञप्ती जारी गर्दै ध्यानाकृष्ट गरेको छ । नेपाली काङ्ग्रेस लगायत ६ वटा पार्टीले गम्भिर ध्यानकर्षण भएको भन्दै नगरको सेवा सुविधाबाट नागरिकलाई बञ्चित र सास्ती खेपाएकोमा चिन्ता ब्यक्त गरेको छ । नेपाली काङ्ग्रेस मेयर बसन्त बस्नेतको आफ्नाे पार्टी हाे । उपमेयर महेश्वरी राईकाे पार्टी नेकपा एमालेकाे भने विज्ञप्तीमा सहभागी छैन ।
१६ नं. वडाध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मानबादुर राई, नेपाली काङ्ग्रेस त्रियुुगा नगरसभापति प्रकाश कुुमार खड्का, नेकपा एकिकृत समाजवादी त्रियुुगा नगर अध्यक्ष जनार्दन रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरका प्रतिनिधि उद्धव अधिकारी, लोकतान्त्रीक समाजवादी पार्टी उदयपुरका अध्यक्ष खुसीलाल ठाकुर र जनता समाजवादी पार्टी त्रियुुगा नगर अध्यक्ष नवराज मगरको संयुुक्त हस्ताक्षरमा आज विज्ञप्ती जारी गर्दै स्थानीय सरकारको बेथितिको विरोध जनाएका छन् ।
स्थानीय सरकारको लागि यस अवधि आर्थिक वर्षको स्वीकृत बजेट खर्च तथा योजना कार्यान्वयनको हिसावले अति महत्वपूर्ण सम्बेदनशील समय हो । यस समयमा नगरका मेयर र उपमेयरले नगरपालिका कार्यालय प्रमुख विहिन बनाउदा समग्र योजना सम्झौता, कार्यदेश, योजना कार्यक्रम अनुुगमन, खर्च भुक्तानी र योजना फस्यौट लगायतका काममा बाधा मात्रै परेको छैन आगामी आर्थिक वर्षको योजना तर्जुमाको कामसमेत प्रभावित भएको जनाइएको छ । स्थानीय सरकारले नगरबासीलाई गुणस्तरीय सेवा प्रवाहको माध्यामबाट पारदर्शी जवाफदेहि हुदै सुशासनको प्रत्याभुती गराउनुपर्नेमा त्यसको विपरित भएकोले समस्याको समयमै समाधान गर्न भनिएको छ ।
संविधानमा भएको ब्यवस्था साथै मौजुदा ऐन काुनुन बमोजिम तिनै तहको सरकारको अधिकार र कार्य जिम्मेवारीको निर्धारण अनुरुप तीनै तहको सरकारबीच समन्वय, सहकार्य हुनुपर्नेमा त्यो नभएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृतको सरुवा र थमौतिको विषयलाई लिएर नगरपालिका र संघीय मन्त्रालयबीच असमझदारीपूर्ण स्थिति पैदा गरिनुुले नगरको आर्थिक कारोवार खाता बन्द भई नगरमा नागरिकले पाउनुुपर्ने सेवा अवरुद्ध हुनुु थप समस्याको कुरा बनेको छ । यसको प्रत्यक्ष प्रभाव नगरको पुुँजिगत बजेट खर्चमा परेको र २५ प्रतिशत भन्दा बढि खर्च हुन नसकेको जनाइएको छ । यसबाट नगरको अवस्था अत्यन्तै नाजुुक र निराशाजनक देखिएको छ ।
नगरको सेवा सुविधा तत्काल सुचारु गर्न माग गरिएको छ । “त्रियुुगा नगरपालिकामा हाल देखिएको समस्याको समाधान गरि नगरको अवरुद्ध सेवा तत्काल सुचारु गर्न गराउन स्थानीय सरकार तथा सम्बन्धीत निकायसंग जोडदार माग गर्दछौं । अन्याता नगरमा उत्पन्न हालको समस्याका कारण नागरिकहरुमा पर्न गएको असुविधाबाट सिर्जित असहज परिस्थितिको जिम्मेवार स्थानीय सरकारको नेतृत्वले नै लिनुपर्ने स्मरण गराउन चाहन्छौं । ” विज्ञप्तीमा भनिएको छ ।
