Wednesday, April 22News That Matters

रौतहटमा नदीमा डुबेर बेपत्ता युवकको शव ४ किलोमिटर टाढा फेला

पूर्णपुष्टि, साउन २३ ।  रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक युवकको शव ४ किलोमिटर टाढा फेला परेको छ। परोहा नगरपालिका ४ का १६ वर्षीय सचिन कुमार राय गत आइतबार अपराह्न ४ बजे नदीमा नुहाउँदा डुबेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटका १० जनाको टोलीले लगातारको खोजी अभियानपछि मंगलबार साँझ युवकको शव फेला पारेको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले जानकारी दिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।